Nojoto: Largest Storytelling Platform

"बरकी" प्रनित कुलुङ राई निर्बल लरखराई रहने मेरो

"बरकी"
प्रनित कुलुङ राई 

निर्बल लरखराई रहने मेरो ती पाईलाहरुलाई,
  "ता-ते, ता-ते" धुनको  साथलगाई,
कतै कमजोर  बनी लड़ी जान्छु कि भनेर, 
पखार्लसरि बलियो त्यो तिम्रो काँधमा, 
नफुत्किनेगरि, मलाई  बाँधि राख्ने, तिम्रो त्यो बरकी।

मेरो त्यो चिख-भित्र  लुकेको भु:खलाई बुझी, 
तिखो स्वरमा कार्ली-कार्ली रूँदा, आफनु दु:ख भुलि, 
मधुर धुन गाउँदै, मलाई तिम्रो काँधमा बरकीले बेरी,
घण्टौ आफुले त्यस बरकीको गाँठोको कष्ट सहि,
मलाई आनन्दको सपना दिलाउने, तिम्रो त्यो बरकी, 
आज देखेर किन  लाग्छ हौ ! मलाई किरिकिरी ।

कति पुछेउ होला, तिम्रो पसिना र मेरो आँशुहरु
कति लुकायौ होला, तिम्रो कठिनाई र मेरो भुलहरू,
तर आज म बलवान् भएको कि, 
पातुलो र कमजोर भएको, तिम्रो त्यो बरकी,
बेरंग, थोत्रो अनि असाउँदो हुँदा,
किन घृणाको बस्तु बन्दैछ ! तिम्रो त्यो बरकी । 

हुन  त म तिम्रो बरकीको ऋणी त छु, 
तर जिवनको तितो सत्य त यही रहेछ, 
मेरो अन्धो-निस्ठुरी भावनाहरुले तिम्रो ऋण तिर्न भन्दा,
अरूकसैलाई नै मँहगौ उपहार दिन रुचाउँछ, 
तिम्रो कर्जामा डुबेर पनि, स्वार्थी, लज्जित, अन्धो भावनाहरुले, मेरो 
कहिले तिर्न नसक्ने रहेछु मूल्य तिम्रो त्यो बरकीको । #international_womens_day 
#mothers #nepali_poem

Home
Explore
Events
Notification
Profile