म एक अंधकारको विशाल पिंजडामा बन्द कवि, म पिंजडा तोडेर फरार हुँदा, मेरा कविताका पंतिहरु आकाशको गहिराईमा तरङ्गीत हुँदाहुन्। म एक अन्धविश्वासको साङ्गलाले अल्झाइएको कोइली, म साङ्लो चुँडाएर उड्दा, मेरो आवाज डरलाग्दा पहाडका काखमा बार बार बजारिँदो हो। म एक धर्मको खबटो ओडाइएको झुसुल किरो, म खबटो तोडेर पुतली भई उम्कँदा, मेरा पखेटाका आवाज त्यो छितिज सम्म पुग्दोहो। म एक चुँडिनै लाग्दा समाइएको सुख्खा सालको पात, म चिसो हावाको वेगले चुँडीदा, फेरि वसन्त ऋतुमा पलाउने हरियो मुना हुँदो हुँ। म एक कुच्चिएको टिनको छानोमा जमेको सित, म बर्खाको झरिले बग्दा, कुलो, खोला र समुद्र हुँदै महासागरमा मिल्दो हुँ। -Lax #caged #Poem