Nojoto: Largest Storytelling Platform

‘जान्छौ त?’ जान्छौ त मसँग, त्यो एक्लो पहाड सम्म?

‘जान्छौ त?’

जान्छौ त मसँग, 
त्यो एक्लो पहाड सम्म?
तिमी मलाई आफ्नो हात दिनु
म तिमीलाई मेरो हात दिउँला।

जान्छौ त मसँग,
त्यो सुनसान ताल सम्म?
तिमी मेरो मौनता सुन्नु
म तिम्रो मौनता सुनौला।

जान्छौ त मसँग,
त्यो अँध्यारो गोरेटो सम्म?
तिमी मेरा आँखाले हेर्नु
म तिम्रा आँखाले हेरौंला।

जान्छौ त मसँग,
त्यो प्रेमको प्रयोगशाला सम्म?
तिमी मेरो आत्मा बन्नु 
म तिम्रो आत्मा बनौंला।
-Lax Journey of love.
‘जान्छौ त?’

जान्छौ त मसँग, 
त्यो एक्लो पहाड सम्म?
तिमी मलाई आफ्नो हात दिनु
म तिमीलाई मेरो हात दिउँला।

जान्छौ त मसँग,
त्यो सुनसान ताल सम्म?
तिमी मेरो मौनता सुन्नु
म तिम्रो मौनता सुनौला।

जान्छौ त मसँग,
त्यो अँध्यारो गोरेटो सम्म?
तिमी मेरा आँखाले हेर्नु
म तिम्रा आँखाले हेरौंला।

जान्छौ त मसँग,
त्यो प्रेमको प्रयोगशाला सम्म?
तिमी मेरो आत्मा बन्नु 
म तिम्रो आत्मा बनौंला।
-Lax Journey of love.
nojotouser5189576198

Lax

New Creator