Nojoto: Largest Storytelling Platform

गजल खै! कुन्नि कहाँबाट साइक्लोन आयो भन्छ बत्ती

गजल

खै! कुन्नि कहाँबाट साइक्लोन आयो भन्छ
बत्ती गयो हेर माथिबाट फोन आयो भन्छ।

हैट! आफ्नोमा फुटेको कौडी नभएको बेला
मोबाइलमा एचडीएफसीको लोन आयो भन्छ।

जताततै सेकेन्ड वेभले ग्रस्त भएको खबर छ
चारैतिर कोरोनाको अर्को क्लोन आयो भन्छ।

तुफानी प्रभावले पहाड़मा भारी वर्षा हुँदैछ
विद्युत कर्मीले एचटी फ्युज ब्लोन भयो भन्छ। 

विभिन्न समस्याले गर्दा सारा दुनियाँ अलपत्र छ
गिलो रोटीले सबै अनुहारमा ग्लोन आयो भन्छ।

©Rupesh Adhikari यतातिर हेर्नुहोस्
#nepaligajal 
#ghazal 
#nepalipoem 
#nepalisayari 
#changetheworld