Nojoto: Largest Storytelling Platform

" सायद " प्रनित कुलुङ राई कोरेको यो मेरो कथामा

" सायद " 
प्रनित कुलुङ राई 

कोरेको यो मेरो कथामा
सँगै  बिताएँका, त्यी पलहरुमा 
के थियौ? को थियौ? 
के केवल  थियौ समयले  ल्याएको तुफान 
या सायद  थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन ।

काश त्यो हाम्रो  लामो अन्तरालमा 
तिमीलाई बुझ्न सकेको भए 
सायद हामी  यो चाम्रो सम्बन्धमा  होइन
तर घनघोर  मित्रतामा  बाँधिएको  हुन्थ्यो   ।

भोलि हाम्रो कुनै मोडमा  भेट त होला 
थाहा  छैन  हाम्रो सम्बन्धले कुन घुम्टो ओढ्ने हो
तर कहिँ -कतै  त्यस घुम्टोभित्र लुकेको कठिनाईहरूले
फेरि नयाँ सम्बन्धको काजुलि नफेरोस ।

त्यसले  जस्तो छौ,  जे छौ, जहाँ छौ
सँधै  तिम्रो खुशीको लागि जिएको थिए र
आज हाम्रो   दोष र निदोषको खेलमा पनि
सायद आफु पराजित भएपनि सँधै तिम्रो जितको कामना गर्ने छु ।

हुन  त त्यस समयमा पनि बुझ्न सकिन  र 
सायद आजसम्म पनि बुझ्न  सकेको छुझ्न
के थियौ ? को थियौ?

pranit2279737571528

pranit

New Creator