Nojoto: Largest Storytelling Platform

(कविता) "मिलावट"

(कविता)         

        "मिलावट"
                                                - रुपेश अधिकारी'विज्ञान'
                                                   छोटा धजे, कालेबुङ।

खुकुरीको धार माथि
रेल गाड़ी कुदाईएको जस्तो
चिम्टाकाे दुइटै रेखी जस्तोमा
नाप्ने किरा कुदेको जस्तो।

यहाँ न्युज फिड भरि तमाशा कुद्दै छ.....

टिकटिके पटेकाको पिस्तोलमा
टिक टिक पड्काएको
बारूदको गन्ध आउँदैछ
फेसबुकको "रिएक्ट" बटन ट्याक्कै गरेर।

तर यहाँ त टुक्लुक्क बज्यो पो!

यहाँ झूटो आश्वासन दिनेहरु प्रति क्षण
लछ्याप्रै छन् डाल्डा मिसाएको घिउ झैं
चलचित्रको डायलगमा ओंठ मात्र हल्लाएर
मुखमा मह तर पोटासियम साइनाइड सरह छन्।

अचेल....
इन्स्टाग्रामको रिल्सहरुमा प्रष्टै देखिन्छन्.....

दुःख पर्दा आजकल सहयोगको नाउँमा
डिएसएलआर क्यामेरामा हजार अस्सी पी-को
त्यो भित्री दुर्लभ तस्बिरहरु खिचाउँछन्
हो ! आज समाजको मान्छेहरुले यहि रुचाउँछन्।

सेखी सहित...
इन्स्टाग्राम, व्हाट्सएप र फेसबुकमा स्टोरी हाल्छन्.....

यहाँ खतरानाक साँपको भिनम त फेल खान्छन्
मयूर जस्तो मान्छे बकुल्ला सरह छन्
विश्वास कसको गर्नु त?
दुनियाँ नै हरामी छ....

मानव नाउँको विषालु प्राणीको हरेक कर्तुतहरुले
मलाई सामाजिक संजालमा बिचित्र र माया लाग्दो

कविता कोर्न बाध्य गराउँछ।

©Rupesh Adhikari This is my Nepali Poetry... Please read and Share to your Friends.

#Poetry 
#poetryforthesoul
(कविता)         

        "मिलावट"
                                                - रुपेश अधिकारी'विज्ञान'
                                                   छोटा धजे, कालेबुङ।

खुकुरीको धार माथि
रेल गाड़ी कुदाईएको जस्तो
चिम्टाकाे दुइटै रेखी जस्तोमा
नाप्ने किरा कुदेको जस्तो।

यहाँ न्युज फिड भरि तमाशा कुद्दै छ.....

टिकटिके पटेकाको पिस्तोलमा
टिक टिक पड्काएको
बारूदको गन्ध आउँदैछ
फेसबुकको "रिएक्ट" बटन ट्याक्कै गरेर।

तर यहाँ त टुक्लुक्क बज्यो पो!

यहाँ झूटो आश्वासन दिनेहरु प्रति क्षण
लछ्याप्रै छन् डाल्डा मिसाएको घिउ झैं
चलचित्रको डायलगमा ओंठ मात्र हल्लाएर
मुखमा मह तर पोटासियम साइनाइड सरह छन्।

अचेल....
इन्स्टाग्रामको रिल्सहरुमा प्रष्टै देखिन्छन्.....

दुःख पर्दा आजकल सहयोगको नाउँमा
डिएसएलआर क्यामेरामा हजार अस्सी पी-को
त्यो भित्री दुर्लभ तस्बिरहरु खिचाउँछन्
हो ! आज समाजको मान्छेहरुले यहि रुचाउँछन्।

सेखी सहित...
इन्स्टाग्राम, व्हाट्सएप र फेसबुकमा स्टोरी हाल्छन्.....

यहाँ खतरानाक साँपको भिनम त फेल खान्छन्
मयूर जस्तो मान्छे बकुल्ला सरह छन्
विश्वास कसको गर्नु त?
दुनियाँ नै हरामी छ....

मानव नाउँको विषालु प्राणीको हरेक कर्तुतहरुले
मलाई सामाजिक संजालमा बिचित्र र माया लाग्दो

कविता कोर्न बाध्य गराउँछ।

©Rupesh Adhikari This is my Nepali Poetry... Please read and Share to your Friends.

#Poetry 
#poetryforthesoul

This is my Nepali Poetry... Please read and Share to your Friends. #Poetry #poetryforthesoul #कविता