Nojoto: Largest Storytelling Platform

"म" , किन मौन छु ? दुख र रोदनले लुथ्रुक्क भिजेका

"म" , किन मौन छु ?

दुख र रोदनले लुथ्रुक्क भिजेका मेरा कविताहरूमा ,
तिमी अलिकति पनि चिसोपन भेटदैनौ ।

प्रेममा लुटुपुटु  भएका मेरा ति हरफहरूमा
 तिमी कहिले पनि प्रेम भेटदैनौ ।

नवरसको परिपूर्णतामा रमाई रहेको मेरा  कृतिहरूमा 
तिमी एउटै रस पनि भेट्दैनौ ।

तिम्रो प्रतिक्षामा दिनहुँ बाटो हेरेर पर्खी बस्ने मेरो न्यानो अंगालोमा
तिमी कहिले न्यानोपन भेट्दैनौ ।

त्यसैले मनभरी थातिका थाति शब्द भए पनि
म निशब्द छु , शून्य छु ।
 त्यसैले  "म " , मौन छु । पहिलो प्रयास

sujaydewan9404

Sujay Dewan

New Creator

पहिलो प्रयास