Nojoto: Largest Storytelling Platform
nojotouser6948536721
  • 1Stories
  • 17Followers
  • 5Love
    0Views

प्रदेशि लाउरे

पठाइदे !! बाबा भन्नुहुन्छ- काँध पाटियो केटा,पैसा पठाइदे ! संगिनी भन्छिन- अब घर बनाएर छुट्टै बस्नु पर्छ जे पठाउने हो, छुट्टै पठाइस्योस् ! भाइ भन्छ- अत्ति भो दाई, संसार खिच्छु, क्यामेंरा पठाइदे ! बैनी भन्छे- लाजको मर्नु भो दादा, मेख मार्ने मोबाइल पठाइदिनुस् ! कहिलेकाहिं दिदीले सुनाउनुहुन्छ- भिनाजुको नाडीमा राम्रो घडी छैन, जोरीपारीमा इज्जतै जोगिन्न ! दाईले सिधै भन्नुहुन्न- बिज्नेस गर्न लगानी पुगेको छैन, यो शीर आज सम्म अन्त झुकेको छैन ! भाउजु झन आस नै गर्नु हुन्न- हामीलाई त के नै पो पठाउँथे ! ठूला बडा देवरले ?! साथीहरू भन्छन- के पठाउलास् र तँ जस्तो चुइँयाँले अरु छोड्, दुई चार वटा कालो बोतल पठाईदे ! सरकार भन्छ- एक्लै भइस् भने बरु,अरु साथी पठाइदिन्छु खुरुखुरू रेमिट्टेन्स पठाइदे ! महत्वाकांक्षीहरू भन्छन- हामी माथि पुग्ने सिंढी बनिदे अलिकति समाजसेवा पठाइदे ! आमा मात्र एउटी छन जो मक्किएको मन लिएर भत्किएको आँगनमा उभिन्छिन ! सुटुक्क आँखाको बादललाई आशाको पानीले पखालेर हेर्छिन- आउने जाने चिल गाडीहरूलाई ! र चुप्पी साँधेर भन्छिन- ईश्वर हे ! मेरो सानेलाई छिट्टै घर पठाइदे !! ✍️

  • Popular
  • Latest
  • Video
15da316745b18fe793f72873744a7e5c

प्रदेशि लाउरे

पठाइदे !!

बाबा भन्नुहुन्छ- 
काँध पाटियो केटा,पैसा पठाइदे !

संगिनी भन्छिन-
अब घर बनाएर छुट्टै बस्नु पर्छ 
जे पठाउने हो, छुट्टै पठाइस्योस् !

भाइ भन्छ- 
अत्ति भो दाई,
संसार खिच्छु, क्यामेंरा पठाइदे !

बैनी भन्छे- 
लाजको मर्नु भो दादा,
मेख मार्ने मोबाइल पठाइदिनुस् !

कहिलेकाहिं दिदीले सुनाउनुहुन्छ- 
भिनाजुको नाडीमा राम्रो घडी छैन,
जोरीपारीमा इज्जतै जोगिन्न  !

दाईले सिधै भन्नुहुन्न- 
बिज्नेस गर्न लगानी पुगेको छैन,
यो शीर आज सम्म अन्त झुकेको छैन  !

भाउजु झन आस नै गर्नु हुन्न- 
हामीलाई त के नै पो पठाउँथे !
ठूला बडा देवरले ?!

साथीहरू भन्छन-
के पठाउलास् र तँ जस्तो चुइँयाँले 
अरु छोड्, दुई चार वटा कालो बोतल पठाईदे !

सरकार भन्छ-
एक्लै भइस् भने बरु,अरु साथी पठाइदिन्छु
खुरुखुरू रेमिट्टेन्स पठाइदे !

महत्वाकांक्षीहरू भन्छन-
हामी माथि पुग्ने सिंढी बनिदे
अलिकति समाजसेवा पठाइदे !

आमा मात्र एउटी छन जो
मक्किएको मन लिएर
भत्किएको आँगनमा उभिन्छिन !
सुटुक्क आँखाको बादललाई
आशाको पानीले पखालेर हेर्छिन-
आउने जाने चिल गाडीहरूलाई !
र 
चुप्पी साँधेर भन्छिन-
ईश्वर हे !
मेरो सानेलाई छिट्टै घर पठाइदे !!

✍️सुनिल 💋पठाइदे

💋पठाइदे #कविता

5 Love


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile