Nojoto: Largest Storytelling Platform
wiggin8044448502113
  • 38Stories
  • 8Followers
  • 416Love
    1.0KViews

इ.ए.विगिन

  • Popular
  • Latest
  • Video
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

एक दिन 
तिम्रो स्मृतिबाट ब्यूझिनेछु 
र 
सधैंको लागि हराई जानेछु
मेरो आशामा 
तिमीले दियो बालेको 
बर्षौ भइसक्यो थाह छ
तर पनि म बादलहरुको भेषमा
मेग भई तिम्रो स्पर्श लिई रहेको थिए
तिमी निदाई रहेको बेला
तिम्रा सपनाहरु साकार पार्न
तिम्रो स्मृतिको गेटवालमा 
तिमीले सपना राम्रो देख्लाऊ भनेर
म तिम्रो खुट्टाको सिरानी बनेको थिए
तिमीले हरेक साझ मेरो छातीमा
आफ्नो टाउको राखेर 
आफैसँग बात गरेको भुलेको छैन
हुन त म घाममा तिम्रो फसलको याममा
झुलिरहेको थिए 
कहिले घाम बनेर
कहिले याम बनेर
कहिले अन्न बनेर
तिमीलाई न्यानो स्पर्श दिईरहे
सायदै केही बाकि थियोे
तिमी र मभित्र 
हरेक दिन
हरेक हप्ता
हरेक महिना
हरेक बर्ष
तिम्रो जन्मोत्सव एक्लै एक्लै मनाई रहे
र तिमीभित्रको संघर्षमा नाचि रहे
जब तिमी हिड्थ्यौ तिमीसँगै म हिडिरहेको हुन्थे
तिमीलाई राम्ररी थाह छ
जब तिमी त्यो पारिलो घाममा मलाई सुकाई
आफू ताजा बन्थ्यौ
त्यतिबेला मेरा आगनमा न्यानो अनुभूति हुन्थ्यो 
कताकता म तिमीभित्रै हराए जस्तो लाग्छ
तिमी पनि त जान अन्जानमै मेरो अनुभूति गरिरहन्छौ
र आफुलाई हलुका महसुस गरिरहन्छौ ।

©इ.ए.विगिन #GoldenHour
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

@WigginPoetry

@WigginPoetry

19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

White उसो त 
धेरै कुराहरु गर्न 
बाकि नै छ !!

©इ.ए.विगिन #love_shayari
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

White सायद 
पालगपन्ति थियो मन
 तिमी जादा पनि प्रेम गरिरहे !!

©इ.ए.विगिन #sad_shayari
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

(कविता)
मलाई प्रेमको बोलावा आएको छ

बुबालाई भेट्ने समयचक्र लिएर आउनु भन्ने
प्रेमको उर्दि मेरो हातमा छ 
अब हात माग्ने कि सिङ्गो पृथ्वी कसले बताई दिन्छ
मनको तलातलले ब्रह्माण्ड उचाले जस्तो 
एउटा खतरनाक लडाई लडे जस्तो
फुलको लडाईमा काडाको जुहारी जस्तो 
काडाको बोटबाट फुल चुडाउन डर लागे जस्तो 
भयङ्कर शक्तिको अगाडि निरीह बने जस्तो 
म दुलारी बहादुर दुलहि माग्न कसरी जानू
उनकै भूग्रहमा !!

©इ.ए.विगिन #Gulaab #sefext
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

बिनोदकल्प

म विनोद 
मेरा कल्पनाका रेखाहरु सिधा कोर्न 
सधैं त्यहि अध्यारा बस्तिहरुमा जान्थे !!

©Wiggin #sugarcandy #Poetry
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

#Poetry
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

कसैले लाओस् नलाओस 
जीवनको पैतलामा चाबी 
म भिकारन लगाउछु 
आरन श्रमको नगरमा 
भलै भविष्य नहोला 
सत्यको पक्षमा उभिएको छु शिशा बनेर 
लैजाऊ सबै तिमहरुका हकका कुरा  
म नाङ्गो शहर थाम्न काफि छु !!

©Wiggin #lightpole
19943ec60692e369f16d070adeeb56b4

इ.ए.विगिन

ईश्वर र कविको 
सत्य एउटै हो 
उनीहरु 
न निदाउन/रोकिन सक्छन !!

©Wiggin #samay
loader
Home
Explore
Events
Notification
Profile