Nojoto: Largest Storytelling Platform
jeewanjoshi1469
  • 6Stories
  • 4Followers
  • 26Love
    220Views

Jeewan Joshi

म तिमीले सोचेको म होईन।😊

  • Popular
  • Latest
  • Video
78e5d145e1c70b2a20cd1be98bb24e07

Jeewan Joshi

सन्नाटा अनि अन्धकार छावस्, कालो बादल आओस्।
हरेक कुरामा सौदाबाजी गर्दिने कोही दलाल आओस्।

तिमी मुस्कुराएको देख्दा, मृत्यु सँग डर लाग्छ,सोच्छु,
यस्तो भइदेओस, तिम्रो सट्टा पनि मेरै काल आओस् ।

म छुट्टीएको हरेक तिथिमा, सुखै सुख मिलोस् अनि,
तिम्रो आगनीमा खुसी बोकी,सधैं नयाँ साल आओस् ।

मलाई जस्तै जीवन तिमीलाई, परीक्षाझै लाग्न थाल्दा,
जवाफ आओस् पहिला, पछि बल्ल सवाल आओस् ।

©Jeewan Joshi
78e5d145e1c70b2a20cd1be98bb24e07

Jeewan Joshi

बादल ठोक्किँदा,बिजुली चम्किँदा नी तर्सिन्छू।
बर्सायाम मा झै झरी परी बर्सिदा नी तर्सिन्छु।

नजरहरु ठोक्किन्छन्की  झुक्किएर कहीं कतै।
तिम्रो सहर,छेउकुना भई,फर्किदा नी तर्सिन्छु।

ऐना सँग पनि केही, गहिरो नाता थियो र त।
कारखानामा सिसाहरु, चर्किदा नी तर्सिन्छू।

मेरो बारीको फूल भमराले सखाप पारेदेखि।
कोपिलाहरु बाट  फूल, फक्रिदा नी तर्सिन्छु।

©Jeewan Joshi #stay_home_stay_safe
78e5d145e1c70b2a20cd1be98bb24e07

Jeewan Joshi

लागेको छ शतप्रतिशत लागेको छ।
फेरी उही पुरानै कुलत लागेको छ।

हिजो सपनाझै, लागेको कुराहरु पनि।
कुन्नि किन आज हकिकत लागेको छ।

तिमीले छुट्टिएकै दिन,निद्रा पनि गयो।
आउँदैन खै कसको,संगत लागेको छ।

सक्छौ गोताखोर झै, डुबी हेरी आऊ।
बाहिर देखिँदैन,भित्रै खत लागेको छ।

अनायसै तड्पिएको कहा हो र जीवन।
मसि होइन प्रेमपत्रमा रगत लागेको छ।
                                     - जीवन

©Jeewan Joshi #touchthesky
78e5d145e1c70b2a20cd1be98bb24e07

Jeewan Joshi

#IndiaFightsCorona युद्धकालमा फर्किएर, रगत हेरेर आऊ।
बालुवाटार बाहिरको,जगत हेरेर आऊ।

शब्द  शब्द को अर्थ,  लाग्दैन भन्छौ भने।
प्रधानमन्त्रीले लिएको,सपथ हेरेर आऊ।

मन्दिरमा होइनन,  जिउँदा भगवानहरू।
अस्पतालमा छन् ,बेलाबखत हेरेर आऊ।

तिमी राजधानी पस्यौ, सपना पूरा गर्यौ।
गाउँ अझै गाउँमै छन्, हालत हेरेर आऊ।

सोच्दैछौ तिमी महान,कर्म गरे सोच्दैछौ।
जनताले नै बाढ्दैछन्,राहत हेरेर आऊ।
                                       - जीवन

©Jeewan Joshi #IndiaFightsCorona
78e5d145e1c70b2a20cd1be98bb24e07

Jeewan Joshi

#Motivation  के लेखेको हुन्छ कुन्नि त्यो तस्बिर मा।
जसै धेरै कुरा लेखेको हुन्छ तक्दिर मा।

भाग्य खोज्ने नी देखिए भाग्य लेख्ने नी।
मानौं भाग्यकै व्यापार हुन्छ मन्दिर मा।

छायाँ जस्तै हुदा रहेछन् यादहरु पनि सबै।
न खुसीमा लुक्छन् न बिलाउँछन्  पिरमा।

मन, मन जस्तै हुन्छ आत्म, आत्म जस्तै।
आकार छुट्याएर के गर्नु भौतिक शरीरमा।
                                      - जीवन

©Jeewan Joshi #Tasbir

#Motivation
78e5d145e1c70b2a20cd1be98bb24e07

Jeewan Joshi

 #nepaligajal


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile