Nojoto: Largest Storytelling Platform

पठाइदे !! बाबा भन्नुहुन्छ- काँध पाटियो केटा,पैसा

पठाइदे !!

बाबा भन्नुहुन्छ- 
काँध पाटियो केटा,पैसा पठाइदे !

संगिनी भन्छिन-
अब घर बनाएर छुट्टै बस्नु पर्छ 
जे पठाउने हो, छुट्टै पठाइस्योस् !

भाइ भन्छ- 
अत्ति भो दाई,
संसार खिच्छु, क्यामेंरा पठाइदे !

बैनी भन्छे- 
लाजको मर्नु भो दादा,
मेख मार्ने मोबाइल पठाइदिनुस् !

कहिलेकाहिं दिदीले सुनाउनुहुन्छ- 
भिनाजुको नाडीमा राम्रो घडी छैन,
जोरीपारीमा इज्जतै जोगिन्न  !

दाईले सिधै भन्नुहुन्न- 
बिज्नेस गर्न लगानी पुगेको छैन,
यो शीर आज सम्म अन्त झुकेको छैन  !

भाउजु झन आस नै गर्नु हुन्न- 
हामीलाई त के नै पो पठाउँथे !
ठूला बडा देवरले ?!

साथीहरू भन्छन-
के पठाउलास् र तँ जस्तो चुइँयाँले 
अरु छोड्, दुई चार वटा कालो बोतल पठाईदे !

सरकार भन्छ-
एक्लै भइस् भने बरु,अरु साथी पठाइदिन्छु
खुरुखुरू रेमिट्टेन्स पठाइदे !

महत्वाकांक्षीहरू भन्छन-
हामी माथि पुग्ने सिंढी बनिदे
अलिकति समाजसेवा पठाइदे !

आमा मात्र एउटी छन जो
मक्किएको मन लिएर
भत्किएको आँगनमा उभिन्छिन !
सुटुक्क आँखाको बादललाई
आशाको पानीले पखालेर हेर्छिन-
आउने जाने चिल गाडीहरूलाई !
र 
चुप्पी साँधेर भन्छिन-
ईश्वर हे !
मेरो सानेलाई छिट्टै घर पठाइदे !!

✍️सुनिल 💋पठाइदे
पठाइदे !!

बाबा भन्नुहुन्छ- 
काँध पाटियो केटा,पैसा पठाइदे !

संगिनी भन्छिन-
अब घर बनाएर छुट्टै बस्नु पर्छ 
जे पठाउने हो, छुट्टै पठाइस्योस् !

भाइ भन्छ- 
अत्ति भो दाई,
संसार खिच्छु, क्यामेंरा पठाइदे !

बैनी भन्छे- 
लाजको मर्नु भो दादा,
मेख मार्ने मोबाइल पठाइदिनुस् !

कहिलेकाहिं दिदीले सुनाउनुहुन्छ- 
भिनाजुको नाडीमा राम्रो घडी छैन,
जोरीपारीमा इज्जतै जोगिन्न  !

दाईले सिधै भन्नुहुन्न- 
बिज्नेस गर्न लगानी पुगेको छैन,
यो शीर आज सम्म अन्त झुकेको छैन  !

भाउजु झन आस नै गर्नु हुन्न- 
हामीलाई त के नै पो पठाउँथे !
ठूला बडा देवरले ?!

साथीहरू भन्छन-
के पठाउलास् र तँ जस्तो चुइँयाँले 
अरु छोड्, दुई चार वटा कालो बोतल पठाईदे !

सरकार भन्छ-
एक्लै भइस् भने बरु,अरु साथी पठाइदिन्छु
खुरुखुरू रेमिट्टेन्स पठाइदे !

महत्वाकांक्षीहरू भन्छन-
हामी माथि पुग्ने सिंढी बनिदे
अलिकति समाजसेवा पठाइदे !

आमा मात्र एउटी छन जो
मक्किएको मन लिएर
भत्किएको आँगनमा उभिन्छिन !
सुटुक्क आँखाको बादललाई
आशाको पानीले पखालेर हेर्छिन-
आउने जाने चिल गाडीहरूलाई !
र 
चुप्पी साँधेर भन्छिन-
ईश्वर हे !
मेरो सानेलाई छिट्टै घर पठाइदे !!

✍️सुनिल 💋पठाइदे