Nojoto: Largest Storytelling Platform
snehapaudel8024
  • 80Stories
  • 62Followers
  • 837Love
    1.8KViews

sneha paudel

student

  • Popular
  • Latest
  • Repost
  • Video
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

निभाना ही तो मुश्किल  है


चाहाना तो हर किसी को आता है

©sneha paudel
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

आकाशको चन्द्रमालाई बादलले छेक्छ तिमी त 

मनभित्र छौ  भन तिमीलाई कस्ले छेक्छ??

©sneha paudel
  #chaand
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

दुनियाँ छ मेरो मेरो हाँसो देखाउनको लागि

तिमी खास  हौ मौनता सुनाउनको लागि

माया गरि हेर मायामा नै बिक्छ माया

अरू चाँहिदैन माया बिकाउनको लागि

तिमी हरपल दिमाग भरि आउने नगर

थोरै समय मिलाइदेउ निदाउनको लागि

©sneha paudel
  #dost
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

सायद गिज्याउने छ मलाई 

सँधै हिँड्ने यो बाटोले

यी गल्लीहरू यो माटो

यी ढुंगाहरू यो बतास अनि

यो झरीमा बर्सेका थोपाहरुले

मेटाउन नसक्दा 

सफलताको तिर्खा

सायद धिक्कार्ने छन् मलाई 

सँधै सहजिने

मेरो रहर 

मेरो कल्पनाहरू

मेरो भविष्य 

मेरो सपना 

-0-ज

©sneha paudel
  random thoughts💭 

#Thoughts

random thoughts💭 Thoughts #Quotes

4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

 Namilakar udaas  logo se husn tera bikhar naajaye kahin

©sneha paudel
  #SunSet #random thoughts

#SunSet #Random thoughts

4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

To all those who are kind enough
 look at them
like martrys crucified
They stand in silent order along the walls
They speak from dawn to dusk
They are engaged in sorting out
The confusion of their wars
At dark, 
Their tired souls look forward to the night
At night they stand like beggars with empty bowls
And listen to each other silent groans

©sneha paudel #merasheher
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

मनको बगैंचामा एउटा फुल हुर्काएर राखेको छु
धेरै छन् सुगन्धका पारखीहरू
क्यौं आए क्यौं गए
तर पनि म त्यही मौरीको पर्खाइमा छु
जसले रस मात्र होइन फुल पनि मनपराहोस

©sneha paudel
  #devdas
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

 म कांतर, म डरपोक

डरदेखि डराएर दिन दिनै 
नयाँ रङ्गको मुकुट लगाउँछु
म भएको "म"  लाई लुकाउँछु
 म  नभएको "म" लाई देखाउँछु
डराएरै होला, 
मुखले बोलिदिने चार शब्दलाई पनि
दिमागमा ४ पटक रियाज गर्छु
हो मा"हो"मिलाउँछु 
 शब्दको भारलाई तराजुमा जोख्छु
दिमागले आवेगमा निकलेका शब्द 
मुखले घुटुक्क निलिदिन्छु
डराएरै होला, 
ममा वर्षात गरिएको प्रशंसा टाढैबाट  नकार छु
ममा भएको कमी कमजोरी बारम्बार केलाउँछु
ममा भएको प्रतिभा नदीमा सेलाउँछु
म प्रेमको उज्यालो देखि डराउँछु
मन मस्तिष्कबाट निस्किने स_साना 
आवाजको अँध्यारो देखि डराउँछु
भीडमा हात उठाउन डराउँछु
एकान्तमा हात नउठाएर हतोत्साहित
मनले निकालेको आँसुदेखि डराउँछु
कठै म कांतर, कठै म डरपोक
मनको भडास शब्दमा निकाल्न पनि डराउँछु
अहो ! कति कातर म , कति डरपोक म

©sneha paudel
  #samandar #introvert 
every introvert can feel this line🌻🐰✨

#samandar #introvert every introvert can feel this line🌻🐰✨ #Thoughts

4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

Moon, 
               
i whispered  as your dark 

sides are still visible to me

©sneha paudel
  #Hum
4e9b62464d61894d7062ca90b4ec9fad

sneha paudel

 रङ्ग उस्का निजि सम्पत्ति होइन
उसैले बनाएका पनि होइनन्
 उस्ले ल्याएर तिम्रो हातमा
थमाइदिएका पनि होइनन् । 

रङ्ग त पहिलेदेखि नै थिएँ
उस्तै रङ्गीन यस धरतीमा
ऊ, तिमी, हामी, यो, त्यो
सबैआउन भन्दा पहिले देखि
तिमी हामी उनी सबैका लागि ।। 

पुर्खाको पेवा भाग लगाउँदा
उस्को भाग्य परेको अंश होइन रङ्ग
जो उस्ले छोड्दैमा रङ्गमा तिम्रो हक नहुने
रङ्ग त साझा छ 
जस्ले जसरी सजायो उसैगरी सजिन्छ
जस्ले जस्री रङ्गायो उसैगरी रङ्गिन्छ  । 

त्यसैले, तिमी ढुक्कसँग रङ्गऊ आफ्नो 
जिन्दगी आफूलाई मनपर्ने रङ्गहरूले
तिमीलाई राम्रो लाग्ने गरी 
तिमीलाई सुन्दर लाग्ने गरी
तिमीलाईं खुशी लाग्ने गरी 
तिमीलाई रङ्गीन लाग्ने गरी  ।।

©sneha paudel
  #self love

#Self love

loader
Home
Explore
Events
Notification
Profile