Nojoto: Largest Storytelling Platform

Best Sunu✍️❤️ Shayari, Status, Quotes, Stories

Find the Best Sunu✍️❤️ Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about

  • 1 Followers
  • 1 Stories

Rabindra Panta

महिनावारी💕💕

म पेट दुखेर छटपटिरहेकी हुन्छु,
पेटलाई थिचेर बेस्सरी रुन्छु..😭
तर तिमीलाई नाटक लाग्छ ।
हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ?

यो छुनुहुन्न, त्यो छुनुहुन्न भन्छौ,
मन लागे नजिक, नत्र टाढा बन्छौ,
कतिखेर त भन्छौ, घिन लाग्छ,.😤
हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ?

तिर्खा लाग्दा पानी दिन पनि, तिमी अन्कनाउछौ,
तिमीलाई २/४ दिन खाना पकाउनु पर्दा पनि, कति रिसाउछौ,
तिमी जे बोलेपनि मैले, जवाफ फर्काउदिन,.🤫
हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ?

रगतको खोलो, बगिरहेको हुन्छ,
हृदय सङ्गे आँखा रोइरहेको हुन्छ,
मलाई आराम चाहिन्छ, तर कहाँ पाइन्छ र?🤔
               हे! पुरुष तिमी के बुझ्छ पिडा महिनावारी को ?                    

मायाले २/४ शब्द, बोलिदेउन प्रिय,
त्यो रिसमा पनि थोरै प्रेम, घोलिदेउन प्रिय,
तिम्रो बोलिले मात्र पनि, ओखतीको काम गर्छ,
हे! पुरुष बुझिदेउन पिडा, महिनावारी काे ।🙏
#Sunu✍️❤️ #periods


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile