Nojoto: Largest Storytelling Platform

सनेट २ हृदयभित्र टाक्सिएका भावनाहरू बोल्दछ मन

सनेट २

हृदयभित्र   टाक्सिएका  भावनाहरू  बोल्दछ
मनको कुरा मन मै सुन्दर रूपमा सजेको छ
चित्त बुझाउने ती कल्पनाका द्वारहरु खोल्दछ
आत्माका हरेक बिगुलहरु स्पष्ट बजेको छ।

बग्दै गरेको खोला,नाला, सुन्दर र स्वच्छ  पहाड
सुशोभित छन् सबै तनमा, तरंगित  छन्  यहाँ
भयानक रुपले गुन्जियो, सुनें आकाशको दहाड़
सजिएको सुर प्रतिध्वनित, संगीत  छन्  यहाँ।

 पशु-पंक्षी, विचित्र संसार, मस्त  छन्  यहाँ
 रोमाञ्चकारी खेलहरूको  सुन्दर प्रदर्शन
 भुसुना देखि विशाल प्राणी सुस्त छन् यहाँ 
 अज्ञानता सबै काटिने, छ धारिलो सुदर्शन।

त्यो नाङ्गो प्रकृति देख्दा भो' शान्त र लज्जित
आराम पाएँ जीवनमा, भयो मेरो तन प्रफुल्लित।

©Rupesh Adhikari सनेट २

#sonnet 
#poem 
#Poetry 
#poem✍🧡🧡💛 
#nepalipoem 
#NepaliSonnet❤️

सनेट २ #sonnet #poem #Poetry #poem✍🧡🧡💛 #nepalipoem NepaliSonnet❤️ #कविता #Mountains #poem✍🧡🧡💛